अहिले सम्म पनि १० बर्षे युद्दमा होमिएको तत्कालिन माओवादीका ९ हजार नेता कार्यकर्तामाथि बिभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका छन् ।
मुद्दा लाग्नेमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा समेत रहेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरुङले यी मुद्दा कुनै पनि बेला सक्रिय हुन सक्ने भन्दै तत्काल कानुन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरमा ल्याउनुपर्ने बताएका छन् ।
तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएको १२ बर्ष सम्म पनि मुद्दा फिर्ता नहुनु लाजमर्दो बिषय भएको नेकपाका एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्