निर्वाचन आयोगले बिहीबार पत्र काटेर ३० असारभित्र महाधिवेशन गर्न राष्ट्रिय जनता पार्टीलाई निर्देशन दिएको छ । यसको मतलब अब ३७ दिन भित्र राजपाले महाधिवेशन गरिसक्नुपर्ने हुन्छ ।
बहसको सुरुवात नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ताका क्रममा महिला ३३ प्रतिशतलाई लिएर सुरु भएको थियो । नेकपाले राजपालाई दल दर्ताका क्रममा छुट दिएको भन्दै आफूहरूले पनि त्यो सुविधा पाउनु पर्ने माग गरे ।
आयोगले नेकपा दर्ताका क्रममा ३ महिनाभित्र राजनीतिक दलसम्बन्धी ऐन अनुसार सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन निर्देशन दिएको छ ।
आयोगले राजपालाई दल दर्ताका क्रममा बुझाइएको विधानको धारा २२ को उपधारा १० लाई टेकेर ३० असारभित्र महाधिवेशन गर्न निर्देशन दिएको हो ।
२०७४ साल वैशाख ७ गते मधेस केन्द्रित ६ दल मिलेर राष्ट्रिय जनता पार्टी गठन भएको थियो । आयोगको निर्देशनले राजपामा भुकुम्प गएको छ ।