सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारवाही गरेको छ ।
वितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरुप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन् ।
काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका टयाक्सीमा मिटर जडान भईसकेको भए पनि ट्याक्सीमा मिटर जडान भईसकेको भए पनि ट्याक्सीचालकले मापदण्ड रहे सवारी नचलाएपछि कारवाही गरिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्