Logo

ट्रम्प-किम भेट्दै : सुरक्षा गोर्खा प्रहरीले दिने



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् ।

दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ । 

दुवै नेताहरुले आ आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकारी कुटनीतिज्ञले बताएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्