काठमाडौं सल्लेरी खबर ।
भोली यानी जेठ १३ गतेदेखि २९ गतेसम्म आयोजना हुन लागेको अन्तर प्रदेश स्तरीय एक्सल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । रास्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुन लागेको प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुनेछ ।
प्रत्येक प्रदेशबाट एक/एकवटा प्रदेश टिम र तिनवटा विभागीय टिमहरुको सहभागीता रहेको प्रतियोगिता अन्तर्गत सहभागी टिमहरुलाई २ समूहमा विभाजन गरिएको छ जहाँ प्रत्येक समूहबाट समूह चरणमा उत्कृस्ट हुने २ टिमहरु अर्को चरणमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा प्रदेश १, प्रदेश २, प्रदेश ४, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) रहेका छन् भने समुह ‘बि’ मा प्रदेश ३, प्रदेश ५, प्रदेश ६, प्रदेश ७ र नेपाल पुलिस क्लब रहेका छन् ।
यस्तै आयोजकका अनुसार किर्तिपुर मैदानमा खेलिने सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण एपीवान टेलिभिजनले गर्नेछ ।
भोलि हुने खेलको खेल तालिका यस प्रकार छ ।
मिति | किर्तिपुर मैदानमा हुने खेल | मुलपानी मैदानमा हुने खेल |
---|---|---|
२०७५/०२/१३ गते | एपिएफ बिरुद्द प्रदेश ४ | प्रदेश ६ बिरुद्द प्रदेश ७ |