चीन सरकारले चक्रपथको कलंकी-महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ ।
अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।
कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड (१० किमि) विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ ।
चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।
सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१/३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्