Logo

चौतारामा छन्द कविता !



Spread the love

पूर्ण भण्डारी ‘पंकज’

वागचौरमा नगर साहित्य परिषद्को नियमित एकल रचना वाचन/एकल साँझ अन्तर्गत चौथो शृङ्खलामा बैशाख महिनाको २८ गते छन्द कवि डा. कृष्ण राज डी.सी.ले आफ्ना करिब २ दर्जन छन्द कविता र गीत दर्शक सामु सुनाउनु भयो ।

अघिल्ला कार्यक्रम भन्दा भिन्न रूपमा सञ्चालन गरिएको यस शृङ्खलामा एकातिर वागचौर नगरपालिका भित्रका पुरातात्त्विक संरचनाकाे उत्खनन र संरक्षण गर्ने सन्दर्भमा राप्ती राजमार्ग निर्माणको क्रममा भत्काइएको थारमारे स्थित पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण मानिने पीपल चौताराको पुन: निर्माण र अर्काेतिर बन्द काेठामा सीमित रचना वाचनलाई घुम्ती र खुला स्थानमा लैजानु थियाे।

पुरातात्त्विक र पर्यावरणीय रूपले महत्त्वपूर्ण मानिने पीपल र लाँखुरिको मुनि सञ्चालन गरिएको उक्त कार्यक्रममा पीपलको बोट रोप्ने वा.न.पा. २ निवासी ८६ वर्षीय बयो बृद्ध बालाराम बस्नेत र कवि डा. कृष्णराज डी.सीलाई प्रमुख अतिथि एवम् वागचाैर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

करिब १५० जना दर्शक स्रोताहरू जम्मा भएकाे उक्त कार्यक्रममा वाचक कवि डी.सीकाे हालै प्रकाशित महाकाव्य अल्वर्टअाइन्स्टाइन र सापेक्षतावादकाे चुडामणि के.सीले समीक्षा गर्नु भएकाे थियो ।

परिषद्का अध्यक्ष इन्द्र भण्डारी अङ्कितकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त एकल रचना वाचनकाे प्रमख अतिथि वागचाैर नगरपालिकाका प्रमुख लाेकमान बुढाथोकी र विशिष्ट अतिथिका रूपमा उपप्रमुख कल्पना पुन हुनुहुन्थ्यो ।

वाचित कविता र कार्यक्रमका बारेमा बागचाैर नगर साहित्य परिषद्का संरक्षक पूर्ण भण्डारी पङ्कजले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने प्रमुख अतिथि बुढाथोकीले वागचाैर नगरपालिका भित्रकाे कला साहित्य र संस्कृतिकाे सिर्जनात्मक जिम्मा स्रष्टाहरूले लिनु पर्ने र अार्थिक र व्यवस्थापकीय जिम्मा नगर प्रमुखकाे नाताले अाफूले लिने बताउनु भयाे ।
कार्यक्रमकाे सञ्चालन परिषद्का सचिव तारादेव शर्मा प्रदर्शनले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्