Logo

सुन प्रकरणमा पक्राउ परेका एसपी विकासराज खनाल र दुईजना सई निलम्बनमा



Spread the love

काठमाडौं । ३३ किलो सुन र सनम हत्याकाण्डमा मुछिएका एसपी विकासराज खनालसहित सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावल निलम्बनमा परेका छन् ।  मोरङ प्रहरीले जिल्ला अदालतमा उनीहरुविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि स्वतः निलम्बनमा परेका हुन ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले भने– “अदालतले अनुसन्धानमा राख्न आदेश दिनेवित्तिकै स्वतः निलम्वमा पर्छन, यस्तोमा मोरङ प्रहरीले प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएपछि हेडक्वार्टरले औपचारिक पत्रबाट निलम्बन गर्छ ।”
उनले घटनाको अनुसन्धानपछि निर्दोष प्रमाणित भए फेरि सेवामा फर्किन सक्ने बताए ।

माघ ७ गते युएइबाट आएको ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनीहरु पक्राउ परेका थिए ।  यहि प्रकरणमा आइतबार पक्राउ परेका पूर्व डिआईजी गोविन्द निरौलामाथी पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको हो ।

३३ किलो सुन प्रकरणमा गोरेका लेखापाल सनम शाक्यको हत्या भएको थियो । ३३ किलो सुन प्रकरणमै महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए । तर मुद्दा दायर भने सइहरुमाथी मात्रै भएको छ ।

३३ किलो सुन हराएपछि हत्याको रुप लिदै जादा गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो । घटनामा हालसम्म २२ जना पक्राउ परेका छन भने गोरेसहित २१ जना फरार छन् ।

प्रतिक्रिया दिनुहोस्