Logo

नेपाल प्रहरीमा बढुवा प्रक्रिया सुरु



Spread the love

नेपाल प्रहरीमा विगत दुई वर्षदेखि अवरुद्ध तल्लो तहका प्रहरी कर्मचारीको सरुवा तथा बढुवा प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार राति ७३ जना प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस गरेको छ । आन्तरिक विवादका कारण बढुवा हुन सकेको थिएन ।

त्यस्तै, ४०० प्रहरी जवानलाई प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको छ ।  १५० र २५० जनाको छुट्टा छुट्टै समूह बनाई बढुका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राजनीतिक हस्तक्षेप तथा बिनादबाब बढुवा प्रक्रिया सुरु भएको एकजना प्रहरी अधिकारी बताउँछन् । विगतमा कतिपय बढुवा विवादमुक्त हुन सकेका थिएनन् ।  रिक्त रहेको प्रहरी नायव निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) को बढुवा पनि केही दिनभित्र नै प्रकाशित गरिने जनाइएको छ । सईमा करिब १०० र असईमा १५० दरबन्दी रिक्त रहेका छन् ।
यसैबीच, सरकारले प्रहरी सङ्गठनमा कतिजना एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) को दरबन्दी कायम गर्ने भन्ने सम्बन्धमा निर्णय लिन नसक्दा डीआईजीबाट एआईजीको बढुवा प्रक्रिया लम्बिएको छ ।
प्रहरी सङ्गठनमा एआईजीको सातवटा दरबन्दी भए पनि विगतका सरकारले भने विशेष पदस्थापना गरी आफू नजिककालाई बढुवा गर्ने गरेको थियो ।
एआईजीका पुष्कर कार्कीदेखि शरदकुमार चन्दसम्म गरी ११ जना डीआईजी प्रतिस्पर्धमा छन् ।
डीआईजीको बढुवासंँगै यो आर्थिक वर्षमा अन्य तहको बढुवा प्रक्रिया नियमित गरिने प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्