Logo

सरस्वती स्कुल जोरपाटी प्रथम



Spread the love

राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता २०७४ अन्तर्गत त्रिपुरेश्वरस्थित रा•खे•प• काे कबर्ड हलमा अाज भएकाे काठमाडौ जिल्ला छनौट प्रतियोगितामा सरस्वती स्कुल जोरपाटीले प्रथम स्थान हात पारेकाे छ। छाेटाे समयमै खेलकुद जगतमा अाफ्नाे पहिचान बनाउन सफल यस स्कुलका एलोन श्रेष्ठ ५२ केजी ताैल समुह कुमिते र पुरुष कातामा दुबैमा स्वर्ण ,प्रकाश माझी ४२ केजी ताैल समुह कुमितेमा स्वर्ण तथा पुरुष कातामा रजत जितेका हुन ।त्येसैगरि बिकास कार्की ४७ केजी पुरुष काता तर्फ पदक हासिल गरेका हुन् ।

उक्त प्रतियोगितामा ३ स्वर्ण २ रजत सहित सरस्वती स्कुल जोरपाटी बेसीगाउ प्रथम त्यसैगरी ३ स्वर्ण, २ कास्य सहित बाल बाटिका स्कुल दाेस्राे तथा १ स्वर्ण, १ रजत र १कास्य सहित मानसिङ स्कुल तृतिय हुन सफल भएका छन्। सरस्वती स्कुल जोरपाटीले छोटो समयमा सफलता हासिल गर्नुको श्रेय प्रशिक्षक पुरुषोत्तम पोखरेललाई दिइएको कुरा स्कुलका प्रिन्सिपल बताउनु हुन्छ। कराते प्रशिक्षक पुरुषाेतम पाेखरेलले पदक बिजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै जिल्लामा मात्र नभई क्षेत्रिय तथा राष्ट्रिय स्तरमा समेत खेलाडीहरु सलफ हुन भन्दै उत्तर- उत्तर प्रगतिकाे कामना गर्नु भएकाे छ।

प्रतिक्रिया दिनुहोस्