Logo

रहेनन् श्रीलङ्काका सबैभन्दा जेठा व्यक्ति



Spread the love

२६ फागुन, एजेन्सी । श्रीलङ्काका सबैभन्दा जेष्ठ नागरिकको बिहीबार निधन भएको छ ।

देशको दक्षिणी क्षेत्रमा पर्ने वेलिगामाका स्थानीय बासिन्दा कान्कानाम गामागे डिन्डीहामीको ११६ वर्षको उमेरमा निधन भएको हो ।

उनको जन्म सन् १९०६ को जनवरी ११ मा भएको थियो । श्रीलङ्का सरकारले भने उनको उमेर सन् २०१७ मा प्रमाणित गरेको थियो ।

उनि १११ वर्षको भएको बेला सरकारले उनलाई देशको सबैभन्दा जेष्ठ नागरिकको प्रमाणपत्र दिएको थियो ।

उनि दुई छोरा र एक छोरीकी आमा थिइन् । उनका श्रीमानको भने ४० वर्ष अगाडि नै निधन भएको थियो ।

उनि शाकाहारी थिइन् । उनको परिवारजनले जीवनभरी एक पटक मात्रै उनि अस्पतालमा भर्ना भएको दावी गरेका छन् । सन् १९८२ मा मात्रै अस्पताल भर्ना भएको पारिवारिक सदस्यहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्