२४ फागुन, काठमाडाैँ । मंगलबार मुलुकभर थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६३८ पिसिआर र २७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार देशभर ३४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्