Logo

बागचौर नगरपालिकाको विद्यार्थी भर्ना अभियान कार्यक्रम सुरु( फोटो फिचर)



Spread the love

“गुण्स्तरिय शिक्षा बागचौर नगरपलिकाको इच्छा” भन्ने मुल नाराका साथ शैक्षिक वर्ष-२०७५ को बागचौर नगरपालिकाको विद्यार्थी भर्ना अभियान कार्यक्रम सुरु भएको छ । कार्यक्रम अन्तरगत हिजो बिहीबार नगर प्रमुख लोकमान बुढाथोकिबाट विभिन्न विद्यालयहरुमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण कार्यक्रमहरु सम्पन्न भएका छन । श्री सरस्वती मा.वि. पेदिखोलबाट सुरु गरिएको उक्त कार्यक्रम बालकल्याण आधारभुत विद्यालय दहरखोला ,दुर्गा सरस्वती मा.वि. देउपुरिडांडा, कालिका आधारभुत विध्यालय रातामाटा हुँदै बाल कन्या मा.वि कोटबारामा सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा नगर उप-प्रमुख कल्पना पुन्, प्रमुख प्रशसकिय अधिकृत भिष्म कुमार मल्ल,लेखा अधिकृत तोरण प्रसाद घिमिरे, शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सि., श्रोत व्यक्ती हिरालाल न्यौपाने, शिक्षक महासंघ बागचौर अध्यक्ष उमेश कुमार बुढाथोकी लगायतको सहभागिता रहेको थियो। अभियान वैशाख १५ गते सम्म जारी रहने बाताईएको छ।

तस्विर: नगरपालिकाको फेसबुक वालबाट

प्रतिक्रिया दिनुहोस्