Logo

गायिका रमिता भण्डारीको तेस्रो एल्वम सार्वजनिक



Spread the love

 

काठमाडौं ÷गायिका तथा मोडल रमिता भण्डारीको तेस्रो गितीसंग्रह सानी नानी श्रोता माझ आएको छ । नयाँ वर्ष २०७५ को अबसर पारेर गायिका भण्डारीले तेस्रो एल्वम प्रकाशनमा ल्याएकी हुन ।  एल्वममा संग्रहीत गीतहरुका केहि गितको भिडियो भने यस अघि नै बजारमा आइसकेका छन् ।  यस एल्वममा ६ वटा गीत संग्रहित रहेका छन् । सानी नानी, के यो माया हो, छल्कीयो जवानी,  जुनेली रात, तिमी को, तिमी निष्ठुरी गीतहरु सानी नानी एल्वममा रहेका छन् ।  गायन, अभिनय तथा इभेन्टमा व्यस्त छिन् । बहुप्रतिभाकी धनी भण्डारीले तिन वटै विधालाई एक साथ अघि बढाएकी छिन् ।  यसअघि उनले दुई वटा सोलो एल्वम ल्याइसकेकी छिन् । एल्वमलाई रशलाइट मिडियाले बजारमा ल्याएको  हो ।

सानै उमेरमा व्याण्डबाट प्रभावित भएकी भएर संगीतमा लागेकी उनी अहिले सफल कलाकारको रुपमा स्थापित छिन् । गायिका तथा मोडल रमिता भण्डारी नेपालीको मन मुटुमा बस्न सफल गायिका तथा मोडल भएकी छन् । लामो समय विदेशमा बसेपनि देश र आफ्ना संगीत प्रतिको मोहलाई कहिले मारिनन् । निरन्तर संघर्ष गरिरहिन । त्यहि संघर्षले आज उनलाई सफलताको यो विन्दुसम्म पु¥याएको छ ।

गायिका, मोडल मात्र होइन कोरियोग्राफरको रुपमा परिचित छिन् । अहिले तेस्रो एल्वमको तयारीमा लागेकी उनी पहिलो गीत रेकर्ड गर्दाका क्षणलाई रमाइलो मान्दै निरन्तर साधना गर्दै आइरहेकी छन् । आज सबै दर्शक-श्रोताको माया पाउँदा उनी खुशि छिन् । मिडियाको पनि राम्रै साथ र सहयोग पाएकी छन् । नयाँ आउने पुस्तालाई बुझेर, मेहनत गरेर आउन आग्रह गछिन् ।

प्रतिक्रिया दिनुहोस्