Logo

नेकपा माओबादी केन्द्र सल्यानको एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।



Spread the love

सुन्दर सल्यान न्युज डेस्क
असार , १६ सल्यान

विभिन्न समूहमा बिभाजित १०13566096_1762049287372555_1675163882_n माओवादी एकता भए लगत्तै सल्यान जिल्लामा आयोजना गरेको एकता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं छ नम्बर प्रदेशका सेक्रेटरी तथा कार्यक्रमका प्रमुख अतिथि काली बहादुर मल्लले माक्र्सवाद,लेलिनबाद र मा
ओवाद परिवर्तनशिल शक्ति भएकाले भएकाले १० माओवादी बिचको एकताले नेकपा माओवादी केन्द्रलाई समृद्ध बनाउने विश्वास दिलाउनु भयो ।केन्द्रको निर्देशन अनुसार पाटीका नेता कार्यकर्ता एकताको सन्देश बोकेर केन्द्र देखी वडा-वडा सम्म पुग्ने ,पाटीको निर्णयलाई कार्यन्वयन गर्न र गराउन आफ्न कार्यकर्ता लाई निर्देशन समेत गर्नु भएको थियो ।मल्लले पाटीलाई नीति विधिमा ल्याउन एकताले निकै महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै न्याय प्रेमी जनताको पक्षमा आफ्नो पाटी सधैँ रहिरहने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं सल्यान क्षेत्र १ का सभासद तथा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टेक बहादुर बस्नेतले जनयुद्ध कालमा लक्ष्य,उदेश्य सहित युद्ध लगाएत पाटीका सम्पूर्ण मोर्चाहरुमा योजना बद्द तरिकाले लड्दै सफल्ता प्राप्त गर्दै आएको माओवादी, शान्ति प्रक्रिया सँगै पाटीको मूल्य,मान्यता भुलेर भिभिन्न समूहमा फुटको सिकार बनेको बताउनु भयो ।बस्नेतले धोकाले मानिस लाई पाठ सिकाउने भएकाले शान्ति प्रक्रिया र सो भन्दा अगाडिको धोकाले विभिन्न समूहमा बिभाजन भएको माओवादी लाई पाठ सिकाएको र त्यस्को उपलब्धि १० माओवादी बिचको एकता भएको बताउनु भयो ।शान्ति प्रक्रियाको परिभाषाले पाटीलाई नपुग्ने भएकाले,एकता लाई पूर्णता दिन र दस बर्से महान् जनयुद्ध र १९ दिने जनआन्दोलनका सहिद,घाइते, बेपत्ता,योद्धाहरुको सपना पुरा गर्न १० माओवादीको एकता पछि भएको पहिलो अधिवेशन बाट पारित गरिएको १३ बुदे सम्झौतालाई चुस्त,दुरुस्त रूपले कार्यान्वयन गरी अपुर्ण जनबादी क्रान्तिलाई पूर्ण गराउदै समाज बादी क्रान्तिमा लाग्न पाटीका नेता कार्यकर्तालाई प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रमका अतिथि नेकपा माओवादी केन्द्रका सम्मेलन आयोजक समिति सदस्य कृति बहादुर पुनले पाटी एकताको बुझाई लाई एक रुपताका साथ लिएर जनताको पक्षमा जारी भएको संविधान लाई कार्यन्वन गरी जनतालाई उत्पादन क्षेत्रमा लगाई समाज बादी क्रान्तिलाई आर्थिक समृद्धको बाटोमा लैजानु पर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नेब बहादुर कवर “विवेक”ले केन्द्र देखी वडा-वडा सम्म माओवादीको बर्चस्सो रहने बताउनु भयो । क्रान्तिले युगको आवश्यकतालाई पुरा गर्ने भएकाले समयको गतिशील सँगै क्रान्तिको पनि अति आवश्यकता रहने बताउनु भयो ।महान् शहिदहरुको बलिदानी बाट आएको उपलब्धि र संविधान लाई संस्थागत गरी जनतालाई अधिकार दिलाउनु आफ्नो पाटीको महत्त्वपूर्ण पक्ष रहने बताउनु भयो ।

पाटीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको एकता भेला तथा प्रशिक्षण कार्यक्रम बाट कर्ण बहादुर बुढाथोकीको अध्यक्षतामा २५१ सदस्य जिल्ला सम्मेलन आयोजक समिति गठन गर्दै कार्यक्रम समापन गरिएको थियोे ।

 

 

प्रतिक्रिया दिनुहोस्