Logo

दशनामी समाजको निर्देशनमा युवा समाजको गठन हुँदै



Spread the love

दशनामी को हक हित र एकताको लागि २०५७ सालमा नेपाल दशनामि समाजको स्थापना भएको थियो । अहिले सम्म आइसक्दा नेपाल दशनामी समाजले दशनामी समाजको बारेमा धेरै काम गरिसकेको कुरा नेपाल दशनामी समाजका अध्यक्ष रन्जन कुमार गिरीले बताउनु भयो ।

अब का दिनहरुमा समाजलाई अझ ससक्त रुपमा अगाडि वढाउनका लागि युवाहरुलाइ पनि यकतावद्ध गर्नु पर्छ युवाहरु परिवर्तनका बाहक हुन समाज परिवर्तन , विकास निर्माण र अन्य कामहरुमा युवाको भुमिका महत्वपुर्ण रहने गर्छ , दशनामि युवाहरुको समाज निर्माण पछि यस्ता धेरै कामहरु पूरा हुने कुरा समाजका वरिष्ठ उपाध्यक्ष विदुर भारतिले जानकारि दिनुभयो ।

युवा समाज को बाह्र जिल्लामा गठन भईसकेको र अब सबै जिल्ला तथा बिदेसमा पनि युवा समाजको गठन गर्ने तयारीमा अगाडि वढिरहेको कुरा सुरेश गिरीले बताउनु भयो भने दशनामी समाज कतारका अध्यक्ष थम कुमार गिरीले अब छिट्टै कतारमा पनि दशनामि युवा समाजको गठन गर्ने कुरा बताउनु भयो ।।

प्रतिक्रिया दिनुहोस्