Logo

ग्रामिण स्तरमा उत्कृष्ट प्रसुती सेवा दिने – गुल्मिको मर्भुङ्ग स्वास्थ चौकी ।



Spread the love

 

चैत्र ५, गुल्मी । सल्लेरी खबर ।

गुल्मी जिल्ला अन्तर्गत पर्ने साविकको मर्भुङ्ग गा.वि.स अहिलेको मालिका गाउँपालिको ओडा न ८ मा पर्ने मर्भुङ्ग स्वास्थ्य चौकीमा बर्थिङ्ग सेवा सुचारु भएको झन्डै २ महिना हुन लाग्दा गाउका थुप्रै महिलाहरुले लाभ लिएको पाइयो । गाउँमा गर्भपती महिलालाई पहिले सुत्केरी गराउन जिल्ला सदरमुकाम लैजाने गरेका स्थानिय बासिले अहिले गाउँकै स्वास्थ चौकीमा बर्थिङ्ग गराउन पाउँदा खुसीको सिमा नागेको एक बताए ।

२०७४ माघ ८ गते बाट सुरु भएको बर्थिङ्ग सेवाको उद्द्घाटनकै दिन एक जनालाई सफल बर्थिङ्ग गराएर सुरुवात भएकोमा फाल्गुण महिनामा मात्रै ८ जनालाई प्रसुती गराईएको मर्भुङ्ग स्वास्थ चौकी कि अ.न.मि कुष्मा पन्थीले जानाकारी गराउनु भयो । यो संख्या आउने दिनहरुमा अझै बढ्ने पनि उहाँले बताउनुभयो ।

मर्भुङ्ग स्वास्थ चौकिका सिनियर अ.हे.व हिमबहादुर पौडेललाई हामिले सम्पर्क गरेर त्यहाँ समस्याहरु के के छन भनी सोध्दा उहाँले प्रमुख समस्या एम्बुलेन्स रहेको र मर्भुङ्ग बाट वैदेशिक रोजगारमा गएका युवाहरुले छिट्टै नै एम्बुलेन्स सेवा सन्चालनमा लिउने कुरा भएरहेको समेत जनकारी गराउनु भयो । उहाँले यस स्वास्थ चौकी बाट प्रसुती सेवा लिने महिलाहरुमा विशेष गरि वाग्ला सिर्सेनी र घमिरका महिलाहरु रहेको बताउनुभयो ।

मर्भुङ्ग स्वास्थ्य चौकिमा हाल कर्मचारीको संख्या ७ रहेको छ जसमा सि अ.हे.व हिम ब. पौडेल , पुजा शाही (एच ए ), दिपा अर्याल (अ न मि), अ.हे.व सुशील अर्याल अनमि कुश्मा पन्थी र सरिता चुदाली (करार) र कार्यलय सहयोगी चुडामणि अर्याल गरि ७ कर्मचारी कार्यरत छन ।

मालिका गाउपालिकाको समग्र स्वास्थ स्थिति भुझ्न खोज्दा बर्थिङ्ग सेन्टरलाई गाउँपालिका द्वारा ब्यबस्थित गराउन प्रयत्न भैरहेको र बर्थिङ्ग सेन्टरलाई कसरी ब्यबस्थित गराउन सकिन्छ भनेर लागि परिरहेको मालिका गाउपालिकाका स्वास्थ्य इकाई सम्योजक वसन्त भुसालले जानकारी दिनुभयो । बर्थिङ्ग गराउने अनमि हरुलाई नाइट भत्ता अन्य बर्थिङ्ग सेन्टर्हरुमा दिने गरेको तर मालिका गाउँपालिका किन नदिइएको भन्ने प्रश्नमा आफुलाई थाहा नै नभएको भुसालले बताउनुभयो ।

सेवा सुबिधाहरु के के छन त ?

बर्थिङ्ग गराए वाबत पाइने सेवा सुबिधाहरु ।

  • यातायात खर्च रु १०००
  • चारटक गर्भवती जाँच गरे बावत रु ४००
  • न्यानो झोला एक थान
  • गाउपालिका द्वारा पोषण खर्च रु १००० तोकिएको तर अझै उपलब्ध नगराइएको ।

केहि समस्याहरुमा : अन्य ठाउका बर्थिङ्ग सेन्टरहरुमा अनमीलाई नाईट भत्ता उपलब्ध हुने गरेको तर मर्भुङ्ग स्वास्थ चौकिमा अझै उपलब्ध गराउन गाउपालिकाले नसकिरहेको साथै

-SBA तालिम प्राप्त अनमि  मर्भुङ्ग स्वास्थ्य चौकिमा उपलब्ध गराउन नसकिरहेको ।

अहिले मर्भुङ्ग स्वास्थ्य चौकिमा अनमी कुश्मा पन्थीले बर्थिङ्ग गराइरहनु भएको छ तर उहा पुरा SBA तालिप प्राप्त अनमि हुनुहुन्न ।

यी समस्याहरुको बारेमा हामिले मालिका गाउपालिकाका स्वास्थ्य इकाई सम्योजक वसन्त भुसाललाई सोध्दा छिट्टै नै पूरा हुने र मर्भुङ्ग स्वास्थ चौकिमा SBA तालिम प्राप्त अनमीको लागि दरखास्ता आव्हान भैरहेको र कर्मचारी आवश्यकता पूरा गरिने समेत बिश्वास जाहेर गर्नुभयो ।

सल्लेरी खबर ।

सल्लेरी खबरका सम्वादादाता विकास अर्याल द्वारा चैत्र ४ गते बेलुका ७ बजे रिपोर्टिङ्ग गरिएको ।

प्रतिक्रिया दिनुहोस्