६ कार्तिक, काठमाडाैँ । गायक प्रशान्त मिस्टको “मेरो माया” बोलको गीत सार्वजनिक भएको छ । नेपालगञ्जको होटलमा एक समारोहका बिच उनको गीत सार्वजनिक भएको हो ।
गायक मिस्टकै स्वर रहेको उक्त गीतमा शब्द रचना हेम लामाको रहेको छ । शैलेस श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियोमा खुसी केसी,आदित्य सिंह ठकुरीको अभिनय रहेको छ।
गीतलाई हाईलाईट्स नेपाल युट्युव च्यानलमार्फत रिलिज गरिएको छ। गायक मिस्टले लामो समय देखि सांगीतिक क्षेत्रमा रहेर थुप्रै सिर्जना बजारमा ल्याइसकेका छन् ।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्