Logo

९ जना युवकद्वारा ३ किशोरीमाथि सामुहिक बलात्कार



Spread the love

३१ असोज, सिन्धुली । सिन्धुलीमा ३ जना किशोरीमाथि सामुहिक बलात्कार भएको छ । सिन्धुलीको कमालामाई नगरपालिका ५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको हो र

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सोही स्थानमा बस्ने ९ जना युवकले शनिबार राती सामुहिक बलात्कार गरेका हुन् । प्रहरीले बलात्कार आरोपमा ३ जनालाई पक्राउ गरेको छ भने अरू ६ जना फरार रहेको बताइएको छ ।

पक्राउ पर्नेहरूमा २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगर रहेका छन् । फरार ६ जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेको बताइएको छ । उनीहरूको मेडिकल जाँचबाट पनि बलात्कृत भएको पुष्टि भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्