Logo

युवा र प्रहरीबीच भएको झडपमा ७ जना प्रहरी घाइते



Spread the love

३० असोज, रूकुम । रूकुम पश्चिममा युवा र प्रहरीबिच भएको झडपमा ७ जना प्रहरी घाइते भएका छन् । जिल्लाको सदरमुकाम मुसिकोटमा भएको उक्त घटनामा प्रहरीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहाेरासहित सात जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जानकारी दिएको छ ।

घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको र अरूको भने त्यहीँ उपचार भइरहेको जानकारी दिइएको छ ।

रक्सीले मातेका युवाहरूले रोकिराखेको ट्रकमाथि ढुंगा र बियरका बोतलहरू प्रहार गरेर तोडफोड गर्दै गरेको अवस्थामा रोक्न खोज्दा झडप भएको थियो ।

घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । सोहि घटनामा संलग्न केही भागेकाले खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्