Logo

छुरा प्रहार गरी सत्तारूढ दलका सांसदको हत्या



Spread the love

३० असोज, एजेन्सी । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरी हत्या गरिएको छ ।

शुक्रबार सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसमाथि चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए ।

गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिलाई हत्यामा प्रयोग भएको छुरासहित नियन्त्रणमा लिएको छ

प्रतिक्रिया दिनुहोस्