Logo

विप्लवका दाइको भारतमा मृत्यु



Spread the love

३० असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका जेठो दाजु चन्द्रबहादुर चन्द वीरजंगको निधन भएको छ। उनको उपचारको क्रममा भारतको राजधानी नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा बुधबार राती ९ बजे निधन भएको नेकपाले जनाएको छ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले शोक वक्तव्य जारी गर्दै ६१ वर्षीय वीरजंगको मुटुको उपचारको क्रममा निधन भएको पुष्टि गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्