Logo

‘प्रेस’ कार्ड दुरुपयोगप्रति महासङ्घको आपत्ति



Spread the love

२५ असोज, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ ।

महासङ्घले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

महासङ्घका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी गरिएको सूचनामा सो कार्यले यहाँका पत्रकारितालाई बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यस्ता मिडिया हाउस र ती व्यक्तिहरूलाई सचेत गराइएको जारी सूचनामा उल्लेख गरेको छ ।

यद्यपि, सो कार्य दोहोरिएको पाइए कारबाहीका लागि सम्बन्धित निकायसमक्ष पत्रकार महासङ्घ जाने र त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मिडिया हाउस र कार्डधारी व्यक्ति स्वयम् हुने सूचनामा भनिएको छ ।

पछिल्लो समयमा जिल्लामा खुलेका केही नयाँ अनलाइनले जथाभावी तरिकाले रिपोर्टरका नाममा केही व्यक्तिलाई ‘प्रेस’ कार्ड वितरण गरेको र ती कार्डधारी, ती व्यक्तिले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको सूचना प्राप्त भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्