Logo

नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ



Spread the love

२२ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराइएको हो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् ।

राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, डा.मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि, महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहाय प्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा र महेश्वरजंग गहतराज युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

यस्तै, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्