Logo

बीस वर्षपछि सत्तामा फर्किएका तालिबानहरूको दण्ड दिने तरिका बीस वर्षअघि कै



Spread the love

एजेन्सी ।अफगानिस्तानको हेरात सहरमा तालिवानहरुले चार जनालाई मृत्युदण्ड दिइ शव चोकमा झुन्ड्याएर राखेका छन्। तालिबान नेताले पहिलाको जस्तै दण्ड दिने व्यवस्था फेरि फर्कन सक्ने बताएको अर्को दिन हेरातको मुख्य चोकमा क्रेनमा झुन्ड्याइएको शव राखिएको बिबिसीले जनाएको छ।

तालिबान अधिकारीहरूले एक जना व्यापारी र उनका छोरालाई अपहरण गरेका ती चार जना गोली हानाहानमा मारिएको बताएका थिए।

गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेका तालिबानहरूले बीस वर्षअघि कै अपराध गर्ने मानिसलाई सार्वजनिक रूपमा ढुंगाले हानेर मार्ने र हात खुट्टा काटिदिने जस्ता सजाय दिने शैली अहिले पनि अपनाउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्