Logo

नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने युवक पक्राउ



Spread the love

९ असोज, काठमाडौँ । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच चोर्न खोज्ने एक युवकलाई सेनाले पक्राउ गरेको छ । शुक्रवार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्ने प्रयास गरेका थिए ।

आफू राजा हुन आएको भन्दै ती युवकले श्रीपेच निकाल्न खोजेका थिए । श्रीपेच निकालेर लगाउने दाउमा उनी रहेको सुरक्षाकर्मीले बताएका छन् ।

सिसा फुटाउँदा उनको हातसमेत काटिएको छ । उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ । चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्