Logo

काठमाडाैँको ढलमा खसेर बालक बेपत्ता



Spread the love

६ असोज, काठमाडाैँ । काठमाडाैँको ढलमा परेर एक बालक बेपत्ता भएका छन् । काठमाडाैँको कपनमा ढलमा खसेर बालक बेपत्ता भएका हुन् ।

प्रहरीले बेपत्ता भएका बालकको पहिचान नखुलेको बताएको छ ।

मंगलबार राती बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर बालक बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

अहिले स्थानीयबासी र प्रहरीको सक्रियतामा बालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्