Logo

यस्तो अवस्थामा भेटियो टिकटक बनाउन जाँदा सेती नदीमा खसेकी पवित्राको शव



Spread the love

६ असोज, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ ।

टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगरपालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन् । १९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव आफन्तले पहिचान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्