Logo

गुल्मीमा पहिरोले घर पुरिएपछि एकै परिवारका ३ दिदीबहिनीको मृत्यु



Spread the love

६ असोज, गुल्मी । गुल्मीमा घरमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मंगलबार राती करीब १ बजेतिर जिल्लाको रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घरमा पहिरो खसेको थियो ।

सो पहिरोले घर नै पुरिँदा तिलक परियारका छोरी २१ वर्षया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घरमा पहिरो खसेपछि स्थानीयबासी, नेपाल प्रहरी र नेपाली सेनाले उनीहरूको शव निकालेको जानकारी दिइएको छ ।

अहिले उनीहरूको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्