Logo

सुनचाँदी किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मंगलबारको भाउ !



Spread the love

५ असोज, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यस हप्ताको पहिलो दिनदेखि नै गिरावट भएको सुनको मूल्य मंगलबार सामान्य वृद्धि भएको हो ।

मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला ११४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्