Logo

कुलमान घिसिङविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै



Spread the love

५ असोज, काठमाडाैँ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमा आज सुनुवाई तोकिएको छ । रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ ।

कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका थिए । रिट जवराको एक नम्बर इजलासमा परेको छ ।

यसअघि पनि यो रिट पेसी तोक्ने क्रममा प्रधान न्यायाधीश जबराले आफ्नै इजालसमा राखेका थिए तर सुनुवाइ भने हुन सकेको थिएन ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्