Logo

महिला र कुकुर एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला



Spread the love

५ असोज, पोखरा । एक महिला र कुकुर एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा महिला र कुकुर एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट महिलाले आत्महत्या गरेको देखिएको बताएको छ । मृतक ५५ वर्षीया कोपिला राना गुल्मी चन्द्रकोट गाउँपालिका १ शान्तिपुरकी हुन् । उनी त्यहाँ छोरीको घरमा बसिरहेको बताइएको छ ।

आइतबार रातीदेखि हराएकी कोपिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । राना झुन्डिएको स्थानमा बेलाबेला गइरहने खुलेको प्रहरीले जनाएको छ। उनी पालेको २ वटा बाख्रालाई सो ठाउँमा चराउन गइरहने प्रहरीले बताएको छ ।

उनको शरिरमा कुनै चोटपटक नदेखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्