Logo

नेपालमा भेटियो नयाँ चरा, के हो नाम ?



Spread the love

५ असोज, मुस्ताङ । नेपालमा पहिलो पटक युरोपेली रोलर नामको नयाँ चराको प्रजाति रेकर्ड गरिएको छ । नयाँ प्रजाति उक्त चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका–५ स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको तीन हजार ७८१ मिटरको उचाइमा रेकर्ड गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले आज जनाएको हो ।

संरक्षण क्षेत्रका कर्मचारी रामबहादुर गुरुङले गत अगस्ट २९ मा पहिलो पटक नयाँ प्रजातिको चराको फोटो खिचेका थिए । दोस्रो दिनपछि पनि पुनः उक्त चरा देखिएपछि उनले थप प्रमाणीकरणका लागि फोटो सम्बन्धित निकायमा पठाएको कोषले जनाएको छ ।

कोषको अन्नपूर्ण संरक्षण क्षेत्र मुस्ताङका प्रमुख ऋषि बरालले नयाँ चराको प्रजातिबारे पहिचान र प्रमाणीकरणका लागि प्रक्रिया अघि बढाएका थिए भने चराविद्हरू डा हेमसागर बराल, सोम जिसी, टिम इन्सकिप्प र करोल इन्सकिप्पको समूहले प्रमाणीकरण गरेका थिए । पछिल्लो थप भएसँगै संरक्षण क्षेत्रमा ५१९ प्रजातिका चरा रेकर्ड भएका छन् ।

प्रतिक्रिया दिनुहोस्