Logo

कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या दोब्बर, थप कतिको मृत्यु ?



Spread the love

३ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६५६ जना र एन्टिजेन विधिबाट ७८ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा १४१३ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्