Logo

एमालेको नाम लिने बित्तिकै जनताले नाक खुम्चयाउन थालेका छन् : माधव नेपाल



Spread the love

३ असोज, पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले जनताको सजाय पाउने दाबी गरेका छन् ।

पोखरामा आइतबार कास्की आइतबार पोखरामा कास्की जिल्ला स्तरीय कार्यकर्ता भेला एवं विचार गोष्ठीमा अध्यक्ष नेपालले ओलीले पटक पटक संविधानमाथि आक्रमण गरेकाले जनताले सजाय गर्ने बताएका हुन् ।

उनले भने, ‘संविधानमाथि आक्रमण गर्ने केपी ओलीलाई जनताले सजाय दिन्छन्। संविधानभन्दा माथि कोही पनि छैन। कोही नेता हुँदैन।’

नेता नेपालले थपे, ‘एमालेको नाम लिने वित्तिकै जनताले नाक खुम्चयाउन थालेका छन्। जनताको नजरबाट खसेको छ ।’

प्रतिक्रिया दिनुहोस्