Logo

पदकप्रति आक्रोश पोख्दै ओलीले भने – आज बाउको, श्रीमतीको अनुहार हेर्ने दिन पो रहेछ?



Spread the love

३ असोज, काठमाडाैँ । संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको पदकप्रति विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि पोखेका छन् ।

पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बाबुलाई दिइएको पदकप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

कार्यक्रममा उनले भने, ‘आज बाउको मुख हेर्ने दिन हो, श्रीमतीको अनुहार हेर्ने दिन हो? सहिद, सहिदको परिवार सम्झनुपर्दैन? बाहिर बाहिर हामीलाई केही चाहिँदैन, पद चाहिँदैन भन्ने आज हेर त । अघिल्लो लोकप्रिय सरकारविरुद्ध लेख्ने, पत्रकार प्रशासकलाई पदक दिइएको छ। फैसला गर्ने न्यायाधीश, तथानाम गाली गर्ने वकिल सबैलाई पदक दिइएको छ। न्यायको तराजु कता हल्लाउँदा ठीक पर्छ भन्नेलाई पनि पदक। केही नाम त अझै छुटेछ। ‘

प्रतिक्रिया दिनुहोस्