Logo

कान र नाकमा लगाएको सुन लुट्न नातीले गरे ८५ वर्षीया हजुरआमाको हत्या



Spread the love

२ असोज, काठमाडाैँ । नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । बझाङको दुर्गाथली गाउँपालिका–५ की ८५ वर्षीया रीखीदेवी जप्रेलको उनकै २३ वर्षीय नातीले हत्या गरेका हुन् ।

उनले भदौ २७ गते बिहान ८/९ बजेको समयमा हजुरआमालाई हँसियाले हानेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

हसिँयाले लागेर रक्ताम्य भएकी हजुरआमाको कानमा रहेका २ र नाकमा रहेको १ गरी ३ वटा गहना निकालेको प्रहरीले जानकारी दिएको छ ।

उनले सोही दिन बजारमा गएर सुनका गहना बेचेको र घरमा आएर हजुरआमाको शव घिसार्दै बारीमा लगेर गाडेको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्