Logo

करिश्मा मानन्धरले केपी ओलीलाई भनिन्, ‘धन्यवाद बुवा’



Spread the love

२ असोज, काठमाडौं । कक्षा १२ को परीक्षामा व्यस्त रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई यतिबेला पढाईको चटारो छ । परिक्षामा व्यस्त रहेकी अभिनेत्री मानन्धरलाई शुक्रबार साँझा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरे ।

करिश्मालाई शुक्रबार बेलुकी नयाँ नम्बरबाट फोन आयो । ट्रु कलरमा ‘केपी शर्मा ओलीको नाम देखेपछि एकछिन त उनी छक्क परिन् ।

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे जानकारी लिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जलामार्फत जानकारी गराएकी छन् । उनले आफूलाई विश्वास नलागेको उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली आयो, म छक्क परे । मजाक हो कि भन्ने पनि लाग्यो । तर, उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो ।
‘करिश्मा परीक्षा कस्तो भैरहेको छ ?’
‘हजुर ठिक छ सर, तपाई केपी ओली ?’
‘अँ हो, विश्वास लागेन ?’
‘लागेन सर ।’
अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो । आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा ।

प्रतिक्रिया दिनुहोस्