Logo

कमेडी च्याम्पियन सिजन–२को फाइनल आज, कसले जित्ला उपाधी



Spread the love

२ असोज, काठमाडाैँ । चर्चित रियालिट शो ‘कमेडी च्याम्पियन’को फाइनल आज हुँदैछ । यस शोको दोश्रो सिजनको फाइनल आज हुन लागेको हो ।

यसपालीको फाइनलमा ताप्लेजुङका भरतमणी पाैडेल, गोरखाका सन्तोष कार्की र सिक्किमका बिक्की अग्रवाल रहेका छन् । उनीहरूलाई दर्शकले दिएको भोटको आधारमा उपाधीको टुंगो लाग्नेछ ।

कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदीप भट्टराई उपस्थित हुनेछन् । लगभग सिजनभरी नै निर्णायकको भूमिकामा रहेकी ऋचा शर्मा भने आज हुने फाइनलमा उपस्थित हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्