Logo

आइफोन–१३ सार्वजनिक, के-के छन् विशेषता ? कति पर्छ मूल्य ?



Spread the love

३० भदाै, एजेन्सी र प्रविधिको क्षेत्रमा सर्वाधिक लोकप्रीय कम्पनी एप्पलले आइफोनको नयाँ सिरिजहरू सार्वजनिक गरेको छ । मंगलबार एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गरेको हो ।

आइफोन १३ का ४ सिरिज र आइप्याड समेत गरी मंगलबार एप्प्लले ७ वटा ग्याजेट्स सार्वजनिक गरेको छ । त्यसमा आइफोन–१३, आइफोन–१३ मिनि, आइफोन–प्रो र आइफोन–१३ प्रो म्याक्स रहेका छन् । त्यसैगरी एप्पलले पाइभ–जी चल्ने आइप्याड र एप्पल वाच सिरिज–७ सार्वजनिक गरेको छ ।

यस्तो छन् आइफोन–१३ को विशेषता !

जसमा आइफोन–१३ मिनी, आइफोन–१३, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्स छन् । आइफोन–१३ मिनी र आइफोन–१३ लाई एउटै वर्गमा राखिएको छ ।

आइफोन–१३ मिनीमा ५.४ इञ्च सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले छ । रिजोलुसन २३४०,१०८० पिक्सल र डेन्सिटी ४७५पीपीआइ छ । साथै आइफोन–१३ मा ६.१ इञ्च सुपर रेटिना एक्सडीआर ओएलइडी डिस्प्ले छ । जसमा २५३२,११७० पिक्सल र डेन्सिटी ४७६पीपीइ रिजोलुसन छ ।

यो डिस्प्ले एचडीआर, ट्रयु टोन, वाइड कलर, हेप्टिक टचलाई सपोर्ट गर्छ । यसको अधिकतम ब्राइटनेस ८०० निट्स छ । यसमा फिंगर रेजिस्टेन्स ओलियोफोबिक कोटिङ छ ।

दुबै फोनमा एल्मुनियम डिजाइन दिइएको छ । यी दुबै मोडललाई प्रोडक्ट रेड, स्टारलाइट, मिडनाइट, ब्लु र पिंक कलरमा खरिद गर्न सकिनेछ । यसको डिस्प्लेमा सेरेमिक सिल्ड र ब्याक प्यानलमा सिसाको प्रयोग गरिएको छ ।

दुबै मोडल १२८ जीबी, २५६ जीबी र ५१२ जीबीमा अपलब्ध हुनेछन् । आइफोन–१३ मिनीको तौल १४१ ग्राम र आइफोन–१३ को तौल १७४ ग्रामको छ । दुबै फोन पूर्णरूपमा वाटर प्रुफ छन् । अर्थात् ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म मज्जाले काम गर्नेछ ।

दुबै मोडलमा १२ मेगापिक्सलको ड्युल क्यामरा छ । जसले वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ । राम्रो फोटोग्राफीका लागि पोट्रोट मोड, डेप्थ इफेक्ट जस्ता सुविधा पनि छन् । ६३ मेगापिक्सल बराबर पानोरोमा सट्स लिन सकिन्छ भने नाइट मोड, डीप फ्युजन स्मार्ट एचडीआर४, लाइभ फोटोको मोड पनि छ ।

ब्याट्रीको कुरा गर्दा लिथियम आयन ब्याट्री हुनेछ । जुन १५ वाटको म्यागसेफ वायरलेस चार्जिङ र ७.५ वाटको क्यूआइ वायरलेस सपोर्ट गर्छ । कम्पनीका अनुसार ३० मिनेटमा २० वाटको एडप्टरबाट ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।

आइफोन–१३ मिनीमा १७ घन्टाको भिडियो प्लेब्याक, १३ घन्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ५५ घन्टाको अडियो प्लेब्याकको सुविधा पाइनेछ ।

साथै आअफोन–१३ मा १९ घन्टाको भिडियो प्लेब्याक, १५ घन्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ७५ घन्टाको अडियो प्लेब्याकको सुविधा पाइनेछ ।

कति छ आइफोन–१३ को मूल्य ?

आइफोन–१३ मिनीको मूल्य ६९९ डलरदेखि ९९९ डलरसम्म पर्छ । साथै आइफोन–१३ को मूल्य ७९९ डलरदेखि १०९९ डलरसम्म, आइफोन–१३ प्रोको मूल्य ९९९ डलरदेखि १४९९ डलरसम्म र आइफोन–१३ प्रो म्याक्सको मूल्य १०९९ डलरदेखि १५९९ डलरसम्म पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्