Logo

इजरायल जानका लागि लिइएको परीक्षाको नतिजा सर्वजनिक, यसरी हेर्नुहोस् नतिजा



Spread the love

३० भदाै, काठमाडाैँ । इजरायलमा रोजगारीमा जानका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । सरकारले लिएको अंग्रेजीको भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको अब ‘फिजिकल फिटनेस’ जाँच हुनेछ । असोज १,२ र ३ गते बिहान र दिउँसोको समयमा हुने ‘फिटनेश र फिजिकल’ परीक्षण हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

‘फिजिकल फिटनेस’ मा उचाइ र तौल नापिनेछ । यससम्बन्धी परीक्षा व्यावसायिक तथा विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सञ्चालन हुने विभागले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्ण हुनेहरूको असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता हुनेछ ।

परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्