Logo

प्रधानमन्त्री र नेता खनालबीच पाैने १ घण्टा भेटवार्ता, के भयो कुराकानी ?



Spread the love

२९ भदाै, काठमाडाैँ । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उनिहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उनिहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन् । प्रधानमन्त्री देउवा यसअघि नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्