Logo

जागिरको आश देखाउँदै ठगी धन्दा, एक जना पक्राउ



Spread the love

२८ भदाै, काठमाडाैँ । पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिव्यक्ति रु २ हजार ५०० का दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जा, फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्