Logo

तालिबानले छात्राहरूका लागि सार्वजनिक गर्यो यस्तो नियम



Spread the love

२८ भदाै, एजेन्सी । अफगानिस्तानमा सत्ता कब्जा गरेर आफ्नो सरकार गठन गरेको तालिबानले महिला विद्यार्थीहरूका लागि नयाँ नियम सार्वजनिक गरेको छ । तालिबानले महिलाहरू इस्लामित पोसाकमा नै पढ्न जान पाउनेगरी नियम सार्वजनिक गरेको हो ।

तालिबानका उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूलाई अध्ययन गर्न दिइने तर पुरूषहरूको साथमा बसेर पढ्न नपाउने बताएका छन् । उनले महिलाहरूले के-के पढ्न पाउने भन्ने विषय पनि सार्वजनिक गरिने बताएका छन् ।

तालिबानको शासनकालमा सन् १९९६ देखि २००१ सम्म महिलाहरूलाई विद्यालय र विश्वविद्यालयमा गएर पढ्न बन्देज लगाइएको थियो ।

तालिबानले सत्ता कब्जा गर्नुभन्दा अघि भएका नियमहरू क्रमशः परिवर्तन गरिरहेको छ । स्कुलमा महिला विद्यार्थीहरूका लागि विद्यालयको पोसाक लगाउनु नपर्ने नियम पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्