Logo

कंगोमा नेपाली शान्ति सेनाले गर्यो प्रशंसनीय काम



Spread the love

२६ भदाै, काठमाडाैँ । कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकले बुनियाँ विमानस्थल पुग्ने पहुँच सडक पुनःनिर्माण गरी हस्तान्तरण गरेको छ । उक्त सडक त्यहाँ तैनाथ शान्ति सैनिक फोर्स कमाण्डर मार्काेस डेसा अफोन्सो दा कास्टाले उद्घाटनपछि हवाई उड्यन प्राधिकरणलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त पहुँच सडकको पुनःनिर्माणपछि बुनिया बिमानस्थलमा सवारी साधन आवत जावतमा छिटोछरितो भई आपतकालीन अवस्था र उद्धार सहज हुने बताइएको छ । विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि खटिएको नेपाली शान्ति सैनिकले आफ्नो कार्य क्षेत्रमा विभिन्न सामाजिक काम गरी स्थानीयको मन जित्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्