Logo

नेपाल प्रहरीको परीक्षामा अनियमितताको गन्ध, गृहमन्त्री खाँणकै नाम समेत जोडियो



Spread the love

२४ भदाै, काठमाडाैँ । नेपाल प्रहरीको प्रहरी जवान पदको परीक्षामा अनियमितता भएको संकेत देखिएको छ । परीक्षामा सत्तारूढ गठबन्धनको दल नेपाली कांग्रेसका नेताहरूको मिलेमतोमा अनियमितता भएको संकेत देखिएको हो ।

मंगलबार नेपाल प्रहरीले २०७७ साल असोज ३० गते प्रकाशित विज्ञापन अनुसार प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी शिक्षालयमा लिइएको अन्तर्वार्ताबाट छनाैट भएका परीक्षार्थीहरूको नाम प्रकाशन गरेको थियो ।

उक्त नतिजा सार्वजनिक भएकपछि फेसबुकमा ‘नरेन्द्र गुरूङ’ नामक एक व्यक्तिले नेपाली कांग्रेसका प्युठानका उपसभापति सहित अरू व्यक्तिहरूको पहलमा प्युठानका सहित देशभर ४१ जनाको नाम निकालिएको भन्दै पोस्ट गरेका छन् ।

उनले गरेको पोस्टमा नेपाली कांग्रेसका प्युठानका उपसभापति बद्री लम्साल लगायत अरू र गृहमन्त्री बालकृष्ण खाँणको नाम समते जोडेका छन् । उनले फेसबुकमा लखेका छन्, ‘मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरूले नेपाल प्रहरीमा नाम निकाल्न सफल भएका छन् । भाइहरूलाई हार्दिक बधाइ छ । नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्साल ज्युको सिफारिसमा ११ जना हिमाल, श्याम र राजन लगायत अन्य साथीहरूको सिफारिसमा गरि देशभरमा ४१ जना नाम निकाल्क सफल भएको छु । सहयोगका लागि माननीय गृहमन्त्री बालकृष्ण खाँण ज्युलाई हार्दिक धन्यवाद ।’

अहिले उनको यो पोस्ट भने फेसबुकबाट हटाइसकेको छ । उनले पछिल्लो फेसबुक पोस्टमा आफ्नो फेसबुक अरूले नै चलाएर चरित्र हत्या गर्न खोजेको भन्दै आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्