Logo

आज मन्त्रिपरिषद् विस्तार हुने, ११ जना मन्त्री थपिँदै, को-को बन्दैछन् मन्त्री ?



Spread the love

२३ भदाै, काठमाडाैँ । वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि बुधबार मन्त्रिपरिषद् बिस्तार हुने भएको हो ।

निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले दिएको जानकारी अनुसार मन्त्री र राज्यमन्त्री गरी ११ जना थपेर मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

पार्टी विभाजनमा माधवकुमार नेपाल समूहलाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री बन्ने प्राथमिकतामा परेको बताइएको छ ।

नेकपा एमाले वाग्मती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ राज्यमन्त्री बन्ने पक्का भएको छ । मन्त्री बन्ने अरु १० जनाको नाम सार्वजनिक भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्