Logo

भरतमणिलाई भव्य स्वागत



Spread the love

२३ भदाै, ताप्लेजुङ । कमेडी च्याम्पियन–२ को उत्कृष्ट (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उनलाई बजार परिक्रमा गराएको थियो ।


कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले उनलाई फूलमाला, खादा र अबिर प्रदान गरेका थिए । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्