Logo

पञ्जशीरमा ६०० तालिबानी मारिए, १००० तालिबानीले आत्मसमर्पण गरे



Spread the love

एजेन्सी । अफगानिस्तानको पञ्जशीर क्षेत्रमा ६०० तालिबानी मारिएको त्यहाँको बिद्रोही समूहले दाबी गरेको छ । शनिबार त्यहाँको बिद्रोही समूहले पञ्जशीर उपत्यकाका विभिन्न जिल्लाहरूमा ६०० तालिबानी मारिएको दाबी गरेको हो ।

उक्त विद्रोही समूहले करीब १००० जना तालिबानीले आत्मसमर्पण गरेको पनि दाबी गरेको छ । विद्रोही समूहका प्रवक्ता फहिम दास्तीले यो जानकारी ट्वीटरमार्फत दिएका छन् ।

प्रवक्ता फहिमले तालिबानीहरू पञ्जशीरमा प्रवेश गर्न नै नसकेको पनि उल्लेख गरेका छन् । तर, तालिबानले भने विद्रोही समूहको दाबी गलत भएको बताएको छ ।

अफगानिस्तानको पञ्जशीर उपत्यकामा अहिले पनि तालिबान र विद्रोही समूहको भिडन्त भइरहेको छ । त्यहाँका नेताहरूले प्रतिरोध जारी राख्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्