सल्यान, २५ सल्लेरी खबर ।
सल्यान छत्रेश्वरि गाउँपालिका वडा नं ४ स्थित लक्ष्मी माविको विधालय व्यवस्थापन समिति को लामो समय सम्म पनि विवाद मिल्न सकेको छैन । करिब १ महिना अगाडि देखि विधालय क्षेत्र अधिकार को व्यक्तिलाई अध्यक्ष बनाएको भन्दै विधार्थिका अविभावक बाट विरोध गरिरहेका छन् ।
पटकपटक विवाद हुँदै गर्दा स्थानीय अभिभावक हरू को संलग्नतामामा फेरि अर्को समानान्तर कमिटी पनि गठन भएको थियो । तर समस्या अझ बल्झिदा जाँदा पनि समाधान को कुनै पनि विकल्प निकालिएको छैन । र जिल्ला प्रशासन कार्यालय ले पनि दुवै समिति लाई खारेज गरी नयाँ समिति चयन गर्न निर्देशन दिएको छ ।
आफूहरूले पढ्न पाउनेपर्ने र बिधालयकाे समस्यालाई तत्काल समाधान निकाल्नु पर्ने भन्दै बिधार्थीहरु पनि अान्दाेलनमा उत्रेका छन् ।स्थानीय नेता र बिधार्थिका अविभावककाविचमा एकले तालाबन्दी गर्ने अर्कोले खाेल्ने गर्ने क्रम जारी रहेका वेला हिजो बिधार्थीहरुवाट तालावन्धी गरिएको छ ।
विधालय जस्तो पवित्र क्षेत्रमा जिल्लाका उच्चस्तरीय राजनीतिक व्यक्तिहरू संलग्नताले समस्या दिन प्रति दिन जटिल हुँदै गइरहेको छ । भने विधालय ठप्प हुँदा विधालको पढाइ पनि बन्द भएको छ । बिधालयको जायज माग सम्बोधन गरी सक्षम र योग्य व्यक्ति लाई अध्यक्ष बनाउन र विधालयको अभिभावक बाट नै व्यवस्थापन समितिको अध्यक्ष बनाई विधालयमा पढ्न पाठक तुरुन्त सञ्चालन गर्न लागि परेको माअोवादि केन्द्रका येवा नेता हिमाल यात्री वताउछन् ।
तालावन्धी गर्ने क्रम्मा महिला सस्क्तीकरणकि अध्यक्ष सरस्वती गिरी के.सी.ले कक्षा १० मा अध्ययनरत बिधार्थी कमला कवर माथि हातपात गरेकी छिन। आफूमाथि अक्रमण गरियकाे भन्दै पीडित छात्राले प्रहरीमा उजुरी दिएकी छन् ।